तेस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डको जित

 माघ २६, २०७६ सोमबार ५:३३:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - दक्षिण अफ्रिकाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड २ विकेटले विजयी भएको छ ।

२ सय ५७ रनको लक्ष्य ४० बल बाँकी हुँदै ८ विकेट गुमाएर भेट्टाउँदै इंग्ल्याण्डले ३ एकदिवसीय खेलको शृँखला १–१ को बराबरीमा टुँग्याएको हो ।

इंग्ल्याण्डका जोय डेन्लीले ६६, जोय रुटले ४९ र जोन्निी ब्रिष्टोले ४३ रन बनाए । दक्षिण अफ्रिकाका एन्डिगी र ह्यान्ड्रिकसले तीन तीन विकेट लिए पनि टीमलाई जिताउन भने सकेनन् ।

पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाका डेभिड मिलरले नटआउट ६९ र एण्टोन डे ककले ६९ रन मद्दतमा ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५६ रन बनाएको थिए । इंग्ल्याण्डका आदिल रसिदले ३ विकेट लिएका थिए ।

पहिलो एकदिवसीयमा दक्षिण अफ्रिका विजयी भएको थियो भने दोश्रो खेल बिना निर्णय सकिएको थियो । यी दुई देशले तीनवटा ट्वेण्टी ट्वेण्टी क्रिकेट पनि खेल्नेछन् ।  

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया