डोनाल्ड ट्रम्पले रद्द गरे किम जोङ उनसँगको वार्ता

 जेठ १०, २०७५ बिहिबार २०:३२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ १० – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको निर्धारित बैठक रद्द गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले उत्तर कोरियाले हालै देखाएको क्रोध र शत्रुतापूर्ण व्यवहारका कारण आफूले वार्ता रद्द गरेको बताएका छन् । ट्रम्पले १२ जुनमा उत्तर कोरियासँग वार्ता गर्न अनुपयोक्त भएको बताएका छन् । 

 

ह्वाइट हाउसबाट उत्तर कोरियाली नेता किम जोङ उनका नाममा लेखिएको पत्रमा ट्रम्पले कुनै दिन वार्ताको वातावरण बन्ने आशा पनि व्यक्त गरेका छन् । ट्रम्पले पत्रमा किमलाई सम्बोधन गर्दै लेखेका छन्, ‘म तपाईँलाई त्यहाँ भेट्न निकै आतुर थिएँ । तर दुःखको कुरा हालै तपाईँले देखाउनुभएको क्रोधपूर्ण र शत्रुतापूर्ण व्यवहारका कारण अहिलेलाई बैठक गर्नु म अनुपयुक्त देख्छु ।’

ट्रम्प अगाडि लेख्छन्, ‘तपाईँ आफ्नो परमाणु क्षमताको कुरा गर्नुहुन्छ । तर हाम्रो परमाणु क्षमता यति विशाल छ कि म भगवानसँग प्राथना गर्छु कि यसको प्रयोग कहिल्यै गर्न नपरोस् ।’ 

अाजै मात्र उत्तर काेरियाले अाणविक हतियार उत्पादन गर्न बनाएकाे सुरुङ नष्ट गरेको थियो ।

http://ujyaaloonline.com/news/99052/korea-Nuclear-weapon/

 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया