काेराेना भाइरसकाे नाम 'काेभिड–१९', ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार एक सय नाघ्याे

 माघ २९, २०७६ बुधबार ६:४०:८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनबाट सुरु भएको कोरोना भाइरसको नाम कोभिड–नाइन्टिन राखिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लयूएचओ) ले औपचारिक रुपमा नयाँ कोरोना भाइरसको नाम राखेको बीबीसीले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले औपचारिक रुपमा नयाँ कोरोना भाईरसको नाम राखेको बीबीसीले जनाएको छ । 

‘हामीलो कोरोना भाइरसको नाम राखेका छौँ र भाइरसको नाम कोभिड–१९ हो’, विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अदहानोम घेब्रिएससले भने । 

प्रमुख टेड्रोसले विश्वले नै चाँडोभन्दा चाँडो कोरोनाविरुद्ध आक्रामक भएर लड्नुपर्ने बताएका छन् । 

यस्तै कोरोना भाइरसको कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय सात पुगेको छ । गएको २४ घण्टामा थप ९४ जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक हजार एक सय सात पुगेको समाचार संस्था सीएनएनले जनाएको छ ।

यस्तै थप एक हजार ६ सय ३८ जनामा कोरोना सङ्क्रमण भएपछि कोरोनाबाट सङ्क्रमितको सङ्ख्या ४४ हजार एक सय ३८ पुगेको छ । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया