रामेश्वर फुयाल वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा नियुक्त

 माघ २९, २०७६ बुधबार ८:४८:११ | हरि हुमागाईं
unn.prixa.net

हेटाैँडा – वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त हुनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वाग्मती प्रदेशका प्रमुख सचेतक फुयाललाई प्रदेश सरकारको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेको हो ।

तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्थ गरेपछि रिक्त रहेको मन्त्रालयको काम आफैले सम्हाल्दै आउनुभएको थियो ।

फुयाँल गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै पहिलोपटक मन्त्री बन्नुभएको हो । वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो ।

वाग्मती प्रदेशमा नेकपाका प्रमुख सचेतक समेत रहनुभएका फुयाल लामो राजनीतिक यात्रापछि मन्त्री बन्न लाग्नुभएको हो । 

अन्तिम अपडेट: चैत १४, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया