अस्ट्रेलिया आगलागी : 'एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयाेग चाहियाे'

 माघ २९, २०७६ बुधबार ९:६:३८ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियाले एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयोग चाहिएको बताएको छ ।

लामो समयको डढेलेको कारण जनावरको सङ्ख्या र बासस्थान मासिएकोले ती जनावरलाई तत्काल सहयोग चाहिएको अस्ट्रेलियाले बताएकाे ।

अस्ट्रेलियाले गरेकाे अध्ययनअनुसार दक्षिण र पूर्वमा जङ्गली जनावरले कम्तीमा ३० प्रतिशत बासस्थान गुमाएका छन् । एक सय १३ प्रजातिमध्ये केही प्रजाति लोप हुने अवस्थामा समेत पुगेको अध्ययनले देखाएको छ ।

अस्ट्रेलियामा पाइने भालु जस्तै जनावर लासका साथै चरा, माछा र भ्यागुता प्रजातिहरू सबैभन्दा धेरै जोखिममा रहेको पनि अध्ययनकाे प्रतिवेदनले देखाएको छ ।

डढेलेको कारण एक अर्बभन्दा धेरै जनावरको ज्यान गएको र ठूलो क्षेत्रफलमा जङ्गल र घाँसेमैदानहरुमा क्षति गरेको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया