म्याक्सवेल कम्तीमा ६ महिना मैदान बाहिर रहने : दक्षिण अफ्रिकाविरुद्धकाे सिरिजअगाडि टिमलाई झट्का

 माघ २९, २०७६ बुधबार १५:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

मानसिक स्वास्थ्यका कारण लामाे समय मैदान बाहिर रहेर केही समय अघि टिममा फर्किएका अष्ट्रेलियाका क्रिकेटर ग्लेन म्याक्सवेलले दक्षिण अफ्रिका भ्रमण गुमाउने भएका छन् ।

म्याक्सवेलले हातको चोटका कारण सिरिज गुमाउने भएका हुन् । उनको देब्रे हातको कुहिनाको चोटको शल्यक्रिया गर्नुपर्ने भएकाले कम्तीमा ६ देखि ८ महिना मैदान बाहिर रहने क्रिकेट अष्ट्रेलियाले जनाएकाे छ ।

अष्ट्रेलियाले फेब्रुअरी २१ देखि ७ मार्चसम्म दक्षिण अफ्रिकाको भ्रमण गर्नेछ । जसमा अष्ट्रेलियाले तीन वटा टी-२० र तीन वटा एक दिवसीय  सिरिज खेल्नेछ ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया