दिल्लीबाट बिहार गइरहेको बस ट्रकसँग ठोक्किँदा १४ जनाको ज्यान गयो

 फागुन १, २०७६ बिहिबार १२:१५:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – भारतको उत्तर प्रदेशको शहर फिरोजाबाद नजिक आगरा–लखनउ एक्सप्रेस वेमा बस र ट्रक ठोक्किँदा कम्तीमा १४ जनाको ज्यान गएको छ । 

दुर्घटनामा अन्य ३० जनाभन्दा धेरै घाइते भएका छन् । बस दिल्लीबाट बिहारको मोतिहारीतर्फ गइरहेको थियो । फिरोजावाद प्रहरीका अनुसार अहिलेसम्म १४ जनाको ज्यान गएको छ । 

‘भारतको राजधानी दिल्लीबाट बिहारको मोतीहारीका लागि छुटेको बस ट्रकसँग ठोक्किँदा बसमा रहेका १३ जना र ट्रक चालकको ज्यान गएको हो । घाइतेहरुको सैफईको एक अस्पतालमा उपचार चलिरहेको छ । बसमा झण्डै ५० जना सवार थिए ।’ 

अस्पतालका मेडिकल अफिसर डाक्टर विश्वदीपकका अनुसार १३ जनालाई मृत अवस्थामा अस्पतालमा ल्याइएको थियो घाइते भएका ३१ जनालाई अस्पतालमा भर्ना गरिएको छ । 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया