ग्वार्डिओला भन्छन्- रियल मड्रिडसँग टाेली हारेमा मलाई सिटीले बर्खास्त गर्न सक्छ

 फागुन १, २०७६ बिहिबार १६:४१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टिम रियल मड्रिडसँग हारेमा आफूलाई सिटीले बर्खास्त गर्नसक्ने बताएका छन् ।

सिटीले अन्तिम १६ मा स्पेनिश क्लब रियल मड्रिडको सामना गर्दैछ । च्याम्पियन्स लिग विजेता र प्रिमियर लिग विजेता दुवै टिम यस सिजन सुरुवातदेखि नै संघर्षरत छन् ।

‘म च्याम्पियन्स लिग जित्न चाहन्छु’, ग्वार्डिओलाले भने, ‘म रियलविरुद्धको जितको सपना देखिरहेको छु,रियलसँगको खेलअघि म एकदमै खुसी छु।’

‘यदि मैले रियललाई हराउन सकिन भने स्पोर्टिङ डाइरेक्टर आएर मलाई च्याम्पियन्स लिग जित्न चाहेको बताउँदै बर्खास्त गर्नेछन्’, ग्वार्डिओलाले अन्तिममा भने ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया