सरस्वतीको पोष्टमा संकटाको आधा दर्जन गोल, शीर्ष ६ मा भने पर्न सकेन

 फागुन १, २०७६ बिहिबार १८:४०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - साविक उपविजेता संकटा क्लबले जारी लिगमा रेलिगेसनमा परिसकेको सरस्वतीमाथि छ-दुईको जित निकालेपनि सङ्कटाले शीर्ष ६ मा स्थान बनाउन सकेन ।

सातदोबाटोमा रहेकाे एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको पहिलो हाफमा संकटाले तीन गोल गरेको थियाे। यो सिजन रेलिगेसनमा परिसकेको सरस्वती विरुद्ध संकटाले पाँचौ मिनेटमा अग्रता बनायो । उसका लागि मेसुउकी ओलोमोउसले गोल गरे ।

त्यसपछि ३३ औं मिनेटमा उसले अन्तर दुई शुन्यमा पुर्यायो । यसपटक पनि संकटाका लागि ओलोमोउले नै गोल गरे । ३७ औं मिनेटमा संकटाले दुरी तीन शून्यमा पुर्यायो । यसपटक उसका लागि सुभास गुरुङले गोल गरे ।

ए डिभिजन लिगको इतिहासमा नै सबै भन्दा कम अंकका साथ रेलिगेसनमा परेको सरस्वतीले पहिलो हाफमा एउटा पनि डरलाग्दो आक्रमण गर्न सकेन ।

पहिलो हाफमा तीन गोलको अग्रता बनाएको संकटाले ५६ औँ मिनेटमा चौथो गोल थप्यो । यसपटक मासोउकीको पासमा टिकाराज गुरुङले गोल गर्न सफल भए ।६० औँ मिनेटमा सरस्वतीका निसान माझीले गरेको प्रहार क्रसबारमाथि बाट बाहिरीयो । 

त्यसको पाँच मिनेटपछि संकटाले आत्मघाती गोलबाट अन्तर पाँच शुन्यमा सरस्वतीका पुर्णबहादुर श्रेष्ठले गोलकिपरलाई पास दिन खोज्दा आफ्नै पोष्टमा गोल भयो । ६६ औँ मिनेटमा सरस्वतीले एक गोल फर्कायो । जसका काजिम बुसारीले गोल गरे । ७९ औँ मिनेटमा सरस्वतीले दोस्रो गोल गर्दै अन्तर पाँच दुईमा पुर्यायो । उसका लागि काजिमले नै गोल गरे ।

८३ औँ मिनेटमा संकटाले सरस्वतीको पोष्टमा छैटौँ गोल थप्यो । उसका दिपेश आलेमगरको प्रहारलाई सरस्वतीका गोलकिपरले बचाएपनि रिबाउण्डमा रोशन पहाडीले गोल गरे । त्यसपछि दुवै टिमबाट गोल हुन सकेन र संकटाले जितका साथ यो सिजनको लिगको अन्त्य गर्यो ।

उसले १३ खेलमा १८ अंक बनायो । जसमा उसले पाँच जित, तीन बराबरी र पाँच खेलमा हार ब्यहोर्यो । यस्तै सरस्वतीका लागि जारी लिगमा यो ११ औँ हार हो ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया