उत्तर काेरियाले अाणविक हतियार उत्पादन गर्न बनाएकाे सुरुङ उडायाे

 जेठ १०, २०७५ बिहिबार २०:४०:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ १० – उत्तर कोरियाले आणविक हतियार उत्पादन गर्न बनाएको सुरुङ नष्ट गरेको छ ।

 

आणविक परीक्षण गर्न बनाइएको सुरुङ उत्तर कोरियाले बिहीबार नष्ट गरेको हो । आणविक क्षेत्रको आणविक हतियार उत्पादन गर्ने सुरुङ नष्ट गर्दा त्यहाँ ठूलो विष्फोट भएको बताइएको छ । उत्तर कोरियाको पंग्गी री भन्ने स्थानमा रहेको आणविक सुरुङ नष्ट गर्दा त्यहाँ ठूलो विष्फोट भएको बीबीसीले उल्लेख गरेको छ ।

विभिन्न देशहरुसँग बढ्दै गएको उत्तर कोरियाको सम्बन्ध सुधार्न कोरिया आफैले आणविक कार्य अत्य गर्न लागेको हो । स्काइ न्यूजका एशिया संम्बाददाता टोम चेसिरेका अनुसार आणविक हतियार उत्पादन गर्ने सुरुङ नष्ट गर्न गएका अधिकारीहरुले त्यहाँ एक, दुई, तीन भनेर गन्ती गरेका थिए ।

त्यसपछि त्यहाँ ठूलो विष्फोट भएको थियो । धुलो र ताप ५०० मिटरभन्दा परसम्म पुगेको थियो । उनी लगायत अन्य २० जना पत्रकारहरु त्यहाँ अवलोकन गर्न गएका थिए । उनीहरु आणविक क्षेत्रभन्दा ५०० मिटर पर बसेर त्यसको अवलोकन गरेका थिए ।

उत्तर कोरियाको आणविक हतियार केन्द्रका उप–निर्देशकले २० जना विदेशी पत्रकारहरुलाई आणविक कार्यको बारेमा जानकारी दिनेछन् । त्यो समूहलाई पाँच वटा आणविक हतियार प्ररीक्षण गरिएको ठाउँ पनि देखाइएको छ ।

आणविक परीक्षणका सुरुङ विस्तारै निष्कृय पारिएको जनाइएको छ । दुईवटा ठूला विष्फोटहरु बिहान भएको र चारवटा विष्फोटहरु दिउँसो भएको जनाइएको छ ।

सन् २००६ देखि उत्तर कोरियाले ६ वटा आणविक परीक्षण गरिसकेको छ । सुरुङको माध्यमबाट मन्टाप हिमालभन्दा तल उत्तर कोरियाले आणविक हतियारको उत्पादन गरिरहेको थियो । त्यो क्षेत्रको आणविक क्षेत्र उत्तर कोरियाको सबैभन्दा ठूलो आणविक क्षेत्र रहेको र विश्वमा नै  अहिलेसम्म  सञ्चालनमा रहेको आणविक क्षेत्र पनि त्यही रहेको छ ।

आणविक परीक्षणका उपकरणहरु त्यस ठाउँमा तलसम्म गाडिएको बताइएको छ । उत्तर कोरियाले आफ्ना सबै आणविक कार्यहरु अहिले नै अन्त्य नगर्ने बताइसकेको छ ।

कोरियाले सिंगापुरमा आउँदो जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच हुने बार्तापछि मात्र आणविक परीक्षणबारे ठोस कदम चाल्ने जनाएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया