बालुवाकाे ढिस्काेले पुरिएर कुवेतमा ६ नेपालीकाे ज्यान गयाे, ४ काे पहिचान खुल्याे

 फागुन २, २०७६ शुक्रबार ६:५९:२५ | रासस
unn.prixa.net

काठमाण्डाै – बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएकाे कुवेतमा रहेकाे नेपाली दूतावासले पुष्टि गरेको छ ।

ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । ज्यान गुमाउने दुई जनाकाे पहिचान हुन बाँकी रहेको दूतावासले जनाएको छ ।   

बालुवाकाे ढिस्काेले पुरिएर धर्मेन्द्रकुमार शाह र मनोरथ मण्डल घाइते भएका छन् । घाइतेमध्ये शाहको कुवेतकाे जाहरा अस्पतालमा उपचार भइरहेको र अर्का सामान्य घाइते मण्डल उपचारपश्चात कम्पनीमा फर्केको दूतावासले जनाएको छ ।   

उनीहरु कुवेतकाे ‘युनिभर्सल लेडर्स ट्रेडिङ एण्ड जनरल कन्ट्र्याक्टिङ कम्पनी’मार्फत अल मुट्ला सिटी प्रोजेक्टमा कार्यरत थिए । घटनास्थल दूतावासबाट झण्डै डेढ घण्टाकाे दुरीमा रहेको छ ।

घटनालगत्तै दूतावासका कर्मचारीले घाइते कामदारको उपचारमा सहजीकरण गरेका थिए । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया