प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा सम्बाेधन गर्ने, दुई वर्षे उपलब्धिका बारेमा जानकारी गराउने

 फागुन २, २०७६ शुक्रबार ११:१०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभामा सम्बाेधन गर्नुहुने भएको छ ।

सरकार गठन भएको दुई वर्षमा सरकारले गरेका काम कारबाहीबारे जानकारी दिन प्रधानमन्त्री ओलीले सभाको शुक्रबारकाे बैठकलाई सम्बाेधन गर्नुहुने भएको छ ।

दिउँसो २ बजेपछि बस्ने बैठकलाई उहाँले सम्बाेधन गर्ने सम्भावित कार्यसूची रहेको प्रतिनिधिसभाको सचिवालयले जनाएको छ ।

भाेलि सरकार गठन भएको दुई वर्ष पूरा हुँदैछ । तर भोलि शनिबार परेकाले प्रधानमन्त्री ओलीले शुक्रबार नै संसदलाई सम्बाेधन गर्न लाग्नुभएको हो । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया