राष्ट्रिय सभा सदस्य उपाध्यायकाे निधन

 फागुन २, २०७६ शुक्रबार ११:४९:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – राष्ट्रिय सभा सांसद तथा कांग्रेस नेता दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ ।

क्यान्सर राेगबाट पीडित ५० वर्षीय उपाध्यायको रुपन्देहीमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो ।

उहाँ २०४६ सालको जनआन्दोलनदेखि काङ्ग्रेसमा आबद्ध हुनुभएको थियो ।

उहाँको शुक्रबार नै लुम्बिनीमा अन्त्येष्टि गरिने प्रदेश सभा सदस्य फकरुद्दिन खानले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया