लिसङ्खुपाखर गाउँपालिकाका वडाध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

 फागुन २, २०७६ शुक्रबार १८:५७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका ६ का वडाध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । 

अध्यक्ष थापाले खानेपानी उपभोक्ता समितिको अध्यक्ष आफैँ कुनै पनि कामै नगरी जिल्ला खानेपानी योजनाको कागजपत्र किर्ते बनाई रकम निकासा गरी हिनामिना गरेको आरोप लागेको छ ।

वडाअध्यक्ष थापाले ६ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । यस्तै लिसङ्खुपाखर गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरञ्जन पाख्रिन र तत्कालीन लेखापाल सुरेन्द्र बहादुर तितजुले पनि उपभोक्ता समितिका अध्यक्ष एवं वडाध्यक्ष थापासँग मिलेर भ्रष्टाचार गरेको खुलेको छ । 

लिसङ्खुपाखर गाउँ कार्यपालिकाको कार्यालयका तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर लिलबहादुर पाण्डेविरुद्ध पनि ६ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको छ । 

वडा नम्बर ५ का बाबुलाल जोशी र दल बहादुर श्रेष्ठले वडाध्यक्षसँग ४ लाख १० हजार रुपैयाँ मागेर व्यक्तिको खातामा राखेकोले उनीहरुविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया