सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरलालाई पहिलाे भारतीय महिला लिगको उपाधि

 फागुन २, २०७६ शुक्रबार १७:१८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली राष्ट्रिय महिला फुटबलर सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनका कारण गोकुलम केरला फुटबल टिमले पहिलो पटक भारतीय महिला लिगको उपाधि जितेको छ ।

फाइनलमा क्रिप्सा एफसीलाई तीन दुईले हराउँदै गोकुलमले उपाधि उचालेकाे । सावित्राका लागि यो लगातार दोस्रो भारतीय महिला लिगको उपाधि हो । यसअघि सावित्राले सेथु एफसीबाट लिगको उपाधि जितेकी थिइन ।

भारतको बैंगलोर रंगशालामा भएको खेलको दोस्रो मिनेटमा नै गोकुलमले अग्रता बनायो । उसका लागि पर्मेश्वरी दवीले गोल गर्न सफल भइन । त्यसपछि २५ औं मिनेटमा सावित्राको पासमा कमलादेवीले गोल गर्दै टिमको अग्रता दुई शुन्यमा पर्याइन ।

३४ औं मिनेटमा क्रिप्साका लागि कप्तान दाङमय ग्रसले गोल गर्दै अन्तर दुई एकमा पुर्याइन ।

पहिलो हाफमा दुई एकले अगाडि रहेको गोकुलमले दोस्रो हाफमा पनि केहि मौका पाएको थियो । ६३ औं मिनेटमा सावित्रा भण्डारीले पाएको उत्कृष्ट मौकालाई आत्मसाथ गर्न सकिनन् । उनले गरेको प्रहार क्रिप्साकी गोलकिपर बचाइन ।

७२ औंँ मिनेटमा क्रिप्सा एफसीले खेल दुई-दुईको अवस्थामा पुर्यायो । उसका लागि रतन बालादेवीले गोकुलमको डिफेन्सको फाइदा उठाँउदै गोल गर्न सफल भइन ।

त्यसको दुई मिनेटमा पनि फेरी सावित्राको प्रहारलाई क्रिप्साकी गोलकिपरले बचाइन । ८६ औँ मिनेटमा गोकुलमले गोल गर्दै खेलमा फेरि अग्रता बनायो । यसपटक उसका लागि कमलादेवीको पासमा सावित्रा भण्डारीले गोल गरिन् । खेलको अन्तिममा उनको अनुहारमा चोट लागेपछि उनी सब्सिच्युट भएर बाहिरिएकी थिइन् ।

त्यसपछि क्रिप्सा खेलमा फर्कन सकेन र गोकुलमले उपाधि जित्न सफल भयो । पुरै लिगमा सावित्राको प्रदर्शन उत्कृष्ट रह्यो ।

समूह चरणमा अपराजित रहेको गोकुलमको हरेक जितमा सावित्राले उत्कृष्ट प्रदर्शन गरिन् । उनले यसअघिका सबै खेलमा गोल गरेकी थिइन् । लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेकी सावित्राले १६ गोल गरेकी छिन् । प्लेअफमा अनिता बस्नेत सम्मिलित टिम सेथु एफसीलाई हराउँदा सावित्राले तीन गोल गरेकी थिइन् ।

अन्तिम अपडेट: चैत १०, २०८०

1 Comments

  • Sanjjb kumar karki

    Feb. 14, 2020, 5:52 p.m.

    Sabitra bhandari is the female footballer and she the best striker.

  •  0 Reply

तपाईको प्रतिक्रिया