सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई ओटा ड्रोन क्यामेरा जफत

 फागुन ३, २०७६ शनिबार १०:३०:५३ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु - सगरमाथा राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा बिनाअनुमति प्रयोग गरिएका २ ओटा ड्रोन क्यामेरा जफत गरेको छ ।

निकुञ्जले चालु आर्थिक वर्षको हालसम्म नियम विपरीत निकुञ्ज क्षेत्रमा प्रयोग गरिएका २ ओटा ड्रोन क्यामेरा जफत गरेको निकुञ्जका प्रमुख भूमिराज उपाध्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त क्यामेरा जोरसल्ले र डोले क्षेत्रबाट बरामत गरिएको हो । 

बरामद गरिएका ड्रोन क्यामेराहरु विभागमा पठाउने तयारी भइरहेको निकुञ्जको कार्यालयले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बिनाअनुमति क्यामेरा, ड्रोन क्यामेरा प्रयोग गर्न पाइँदैन तर कतिपयले प्रयोग गर्ने गरेको प्रमुख उपाध्यायले बताउनुभयो ।

विगतमा निकुञ्ज क्षेत्रमा चोरी शिकारका लागि थापिएका विभिन्न प्रकारका धराप, पासोलगायतका सामग्रीहरु बरामद हुने गरिए पनि चालु आर्थिक वर्षको हालसम्म त्यस्ता सामग्री नभेटिएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया