संसदमा प्रधानमन्त्रीलाई कांग्रेसकाे प्रश्न- सीमा विवादबारे प्रधानमन्त्रीस्तरीय वार्ता कहिले?

 फागुन ३, २०७६ शनिबार १२:५१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - मुख्य विपक्षी दल नेपाली कांग्रेसले भारतद्वारा अतिक्रमित भूभाग फिर्ता ल्याउनेबारे प्रधानमन्त्रीस्तरीय वार्ताका बारेमा प्रधानमन्त्रीसँग जवाफ मागेको छ ।

संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बाेधन गरेलगत्तै कांग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडुले संबोधनमा सीमा विवादबारे जम्मा एक लाइन मात्र खर्चिएको भन्दै सीमा विवाद समाधान गर्न भारतसँग प्रधानमन्त्रीस्तरमा कहिले वार्ता हुन्छ भन्नेबारे जवाफ माग्नुभएको हो । 

उहाँले कालापानी, लिपुलेक लिम्पियाधुरा लगायतका अतिक्रमित भूमि समेटिएको नक्सा कहिले सार्वजनिक हुन्छ भन्नेबारेमा पनि जवाफ माग्नुभयो । 

बडुले थप सोध्नुभयो – कालापानी क्षेत्रमा कहिले सुरक्षा जाँच चौकी कहिले खुल्छन् ? सरकारले बजेट बन्द गरिदिएको निर्माणाधीन दार्चुला तिँकर सडकको निर्माण कहिले सकिन्छ ?
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया