मकवानपुरमा ट्रक दुर्घटना : एक जनाको ज्यान गयो

 फागुन ३, २०७६ शनिबार १७:४२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर - मकवानपुरमा ट्रक दुर्घटना हुँदा रूपन्देही धकदही गाउँपालिका -३ का अकबर खानको ज्यान गएको छ । 

नारायणगढबाट हेटौँडाका लागि छुटेको ना ६ ख २३७ नम्बरको गोरु बोकेको ट्रक मनहरी गाउँपालिका -६ सुनाचुरीमा दुर्घटना हुँदा खानको ज्यान गएको हो । रुपन्द्रेहीको रोहनी गाउँपालिका-६ का मकबुल महरु मुसलमानको चितवनमा रहेको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

 दुर्घटनापछि ट्रक चालक र सहचालक फरार भएकाे प्रहरी निरीक्षक श्रीशङ्कर श्रेष्ठले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया