मोरङको बुढीगङ्गामा टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको ज्यान गयो

 फागुन ३, २०७६ शनिबार १९:५१:१७ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - कोशी राजमार्ग अन्तर्गत मोरङको बुढीगङ्गा गाउँपालिका १ ढाँटमा टिप्परले  मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको ज्यान गएको छ । 

को १ ख ७३०९ नम्बरको टिप्परले प्रदेश २–०१–००१प १६०८ नम्बरको मोटरसाइकललाई  ठक्कर दिँदा मोटरसाइकलमा रहेका ३ जनामध्ये २ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको हाे ।

ज्यान गुमाउनेमा मोटरसाइकल चालक सप्तरी चन्नी मल्हनियाँ–२ का २८ वर्षीय हरेराम साह र पछाडि बसेका सिरहा सुखीपुर-२ का २४ वर्षीय मोहमद अजिर राईन(मुस्लिम) रहेको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेका सप्तरीको रुपनी बसेका १९ वर्षीय धनराज यादव गम्भीर घाईते हुनुभएकाे छ । उहाँको कोशी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया