कालीगण्डकी नदीले बगाएका ९ वर्षीय बालककाे उद्धार

 फागुन ४, २०७६ आइतबार ७:६:५३ | रासस
unn.prixa.net

फाइल फाेटाे

पर्वत – कालीगण्डकी नदीले बगाएका एक नाै वर्षीय बालककाे प्रहरीले उद्धार गरेको छ ।

पर्वत बेनीमा आयोजित महोत्सव अवलोकनका लागि गएका म्याग्दीको धौलागिरि गाउँपालिका १ गुर्जाका नौ वर्षीय शिशिर छन्त्याललाई शनिबार दिउँसो कालीगण्डकी नदीले बगाएको थियो ।     

कालीगण्डकी नदीले बगाएर झण्डै सय मिटर तल पुर्‍याएका बालकलाई तत्काल प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । नदीले बगाएका बालकको हात खुट्टामा चोटपटक लागेको छ ।

घाइते शिशिरको म्याग्दीकाे बेनी अस्पतालमा उपचार भइरहेको छ । महोत्सवस्थलकै डिलतिर खेलिरहेका बालक एक्कासी नदीमा खसेपछि बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया