नेप्से परिसूचक १९ दशमलव ३९ अंकले बढ्याे

 फागुन ४, २०७६ आइतबार १६:१४:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेप्से परिसूचक आज १९ दशमलव ३९ अंकले बढेको छ ।

कारोबार हुने हप्ताको पहिलो दिन आज बढेर १२ सय ६३ दशमलव ९७ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज ‘क’ वर्गका कम्पनी मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५८ अंकले बढेको छ ।

फाइनान्स, अन्य र म्युचुअल फण्ड बाहेक आज सबै समूहको सुचक बढेको छ । सबैभन्दा धेरै नीर्जीवन बीमा समूहको ४१६ दशमलव ७९ अंकले र जीवन बीमा समूहको ३ सय ९८ दशमलव ६९ अंकले सुधार भएको छ । दिनभरको कारोबारमा आज झण्डै २ अर्ब रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ बराबरका ४१ लाख कित्ता शेयर किनबेच भएका छन् । हिमालयन डिष्टिलरी लिमिटेडको आज सबैभन्दा धेरै १८ करोड रुपैयाँ र शिवम् सिमेन्ट लिमिटेडको १३ करोड रुपैयाँको शेयर कारोबार भएको छ । राडी विद्युत कम्पनी लिमिटेड र एन.एल.जी. ईन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले आज सबैभन्दा धेरै साढे ९ प्रतिशत कमाएका छन् ।

नबिल ब्यालेन्स फण्डका शेयर लगानीकर्ताले भने साढे ६ प्रतिशत गुमाएका छन् ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया