राज्यमन्त्री दुगड र यूएईका उर्जामन्त्रीबीच भेटवार्ता

 फागुन ४, २०७६ आइतबार २०:१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उद्योग, वाण्ज्यि तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड र यूएईका उर्जा तथा उद्योगमन्त्री सुहेल मोहमद फराज अल मजररुइबीच भेटवार्ता भएकाे छ ।

यूएइको उर्जा तथा उद्योग मन्त्रालयमा भएको भेटमा उहाँहरुले दुईपक्षीयका विषयमा विभिन्न पक्षहरुमा छलफल गर्नुभएको छ । वार्ताका क्रममा दुई देशबीच जलविद्युत, नवीकरणीय उर्जा तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न सकिने विषयमा पनि छलफल भएकाे छ । 

भेटका क्रममा राज् मन्त्री दुगडले नेपालमा कृषि , पर्यटन , जलविद्युत ,उर्जालगायतका क्षेत्रहरुमा लगानीको धेरै सम्भावना रहेको बताउँदै यूएई सरकार र निजी क्षेत्रहरुलाई नेपालमा लगानी गर्न आह्वान पनि गर्नुभयो । 

दुबईमा आयोजना हुने एक्सपो २०२० का प्रतिनीधिहरुसँग भेटघाट तथा एक्सपोमा बनिरहेको नेपाल पेभिलियनको निरीक्षणका लागि राज्यमन्त्री दुगड शुक्रबार यूएई जानुभएको थियाे ।

भेटघाटमा यूएईका लागि नेपाली राजदूत कृष्ण ढकाललगायत दूतावासका उच्च अधिकारीहरुको समेत उपस्थिति रहेकाे थियो ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया