दुई अर्बको ट्रेजरी बिल बिक्री हुने

 फागुन ५, २०७६ सोमबार ८:४७:३९ | रासस
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले सोमबार दुई अर्ब रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

केन्द्रीय बैंकले सोमबार बोलकबोल प्रक्रियाका माध्यमबाट यो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकले ९१ दिने अवधिका लागि ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।

ट्रेजरी बिल आउँदो जेठ ६ गते परिपक्व हुनेछ । बैंकले यसअघि माघ २७ गते १० करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया