टाटा नेक्सन परिवारले मनायो भ्यालेन्टाईन डे

 फागुन ५, २०७६ सोमबार १०:३८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रेम दिवस अर्थात भ्यालेन्टाईन डे मा टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ Valentines Special - A Night To Remember कार्यक्रम गरेको छ ।

कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गरेका ग्राहकको लागि Night out with Nexon कार्यक्रम गरिएको हो ।

आफ्नो ग्राहकसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा  ग्राहको परिवारै चडेर आएका टाटा नेक्सन गाडीले छुट्टै आकर्षण थपेको कम्पनीले जनाएको छ ।

गएको फेब्रुअरी १४ मा भएको कार्यक्रममा गायक रामकृष्ण ढकाल, मोडल अञ्जली अधिकारी लगायतका कलाकारको प्रस्तुतिसँगै थुप्रै मनोरञ्जनात्मक प्रस्तुति रहेको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया