शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री : दिउँसो राष्ट्रपतिबाट शपथ लिने

 फागुन ५, २०७६ सोमबार ११:३३:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री बन्ने हुनुभएको छ ।

उहाँले  सोमबार दिउँसो ३ बजे राष्ट्रपतिबाट शपथ लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । उपेन्द्र यादवको बहिर्गमनपछि रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी अहिले स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आउनुभएको छ । 

यसअघि उपसभामुख रहनुभएकी शिवमायाले तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पदको दाबी गर्नुभएको थियो । तर नेकपा सचिवालयले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि उहाँले राजीनामा दिनुभएको थियो । 

अन्तिम अपडेट: चैत ६, २०८०

1 Comments

  • केदार भण्डारी

    Feb. 17, 2020, 3:10 p.m.

    राजनीति मा इमान्दारिता र नैतिकता हराएकै हो त?

  •  0 Reply

तपाईको प्रतिक्रिया