तराई–मधेश द्रुतमार्गकाे टेण्डर प्रक्रिया पारदर्शी बनाउन विकास समितिकाे निर्देशन

 फागुन ५, २०७६ सोमबार २०:२२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले तराई-मधेश द्रुतमार्ग आयोजनामा गरिने टेण्डर प्रक्रियालाई पारदर्शी बनाउन नेपाली सेनालाई निर्देशन दिएको छ । 

सोमबार समितिमा भएको छलफलपछि टेण्डर प्रक्रियामा पारदर्शीता अपनाउँदै आयोजना तोकिएको समयमै सम्पन्न गर्न द्रुत गतिमा काम अगाडि बढाउन समितिले निर्देशन दिएको हो । 

समिति सभापति कल्याणी कुमारी खड्काले मुआब्जा वितरण लगायत आयोजनामा देखिएको अन्य समस्याहरुकाे समाधान गर्न निर्देशन दिएकाे बताउनुभयो । समितिले आयोजनाको स्थलगत भ्रमण गर्ने निर्णय गरेको छ । 

तराई-मधेश द्रुतमार्गको निर्माण कार्य २०८१ असार मसान्तभित्र सक्ने लक्ष्यका साथ निर्माणाधिन आयोजनालाई सम्पन्न गर्न बनाइएको विस्तृत कार्ययोजना समितिलाई उपलब्ध गराउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।

राष्ट्रिय गौरवको आयोजनामध्येको एक तराई–मधेश द्रुतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले तोकिएको समयभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाएको छ ।

सोमबार समितिमा अहिलेसम्म भएको कार्यप्रगतिको विषयमा सेनाले जानकारी गराएको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया