प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ - साेमबार काठमाण्डाै उपत्यकासहित देशका धेरै ठाउँको मौसम सामान्य बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले धेरै ठाउँमा बाक्लाे तुवाँलाे लागेकाे जानकारी दिएकाे छ ।
महाशाखाका अनुसार जमिन र वायुमण्डलबीचको वायुलाई छेक्ने तहका कारण धेरै ठाउँमा तुवाँलो लागेको छ । सामान्यतया तल्लो तहमा तातो हावा र माथितिर बिस्तारै हावामा चिसोको मात्रा बढ्दै जानुपर्नेमा तल्लाे सतहमा चिसो र माथितिर तातो हावा रहेको कारण तुवाँलो बढेको मौसमविद् मीनकुमार अर्यालले बतानुभयो ।
यस्तै साेमबार पश्चिमी वायुका कारण पूर्वका केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको छ ।