जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
बझाङ - बझाङकाे विकट साईपाल गाउँपालिकाका सबै वडामा खाद्यान्न वितरण गरिएको छ । सडक सञ्जाल समेत नपुगेको पालिकाकाे सबै वडामा नेपाली सेनाको हेलिकाेप्टरमार्फत खाद्यान्न पुर्याइएकाे हो ।
गाउँपालिकाको लोट्याङमा परेकाे बाक्लो हिमपातका कारण वडा नम्बर ३, ४ र ५ मा भोकमरीको अवस्था निम्तन लागेपछि प्रतिव्यक्ति तीन केजीका दरले चामल वितरण गरिएको हो ।
खाद्यान्न अभाव हुन नदिन गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामी र सांसद आशा विकको पहलमा शनिबार २५ क्विन्टल २० केजी खाद्यान्न ढुवानी गरिएको थियो।
आइतबार धलौनबाट भेडामार्फत थप २८ क्विन्टल खाद्यान्न ढुवानी गरेर धुली पुर्याएर वितरण गरिएको खाद्य संस्थानका कर्मचारी राजन धमेनाले बताउनुभयाे।
भेडाबाट ढुवानी गर्नुपर्ने भएका कारण समयमा नै खाद्यान्न पुर्याउन नसकेर हेलीकोप्टरमार्फत ढुवानी गर्नुपरेको हो ।