निजी क्षेत्रसँगको साझेदारीबाट मात्रै देश समृद्ध बन्छ : उपाध्यक्ष ढकाल

 फागुन ५, २०७६ सोमबार २०:५५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रस‌ँगकाे सहकार्यले मात्रै देश समृद्ध हुने बताउनुभएकाे छ ।

निजी क्षेत्रले व्यावसायिक प्रवर्द्धनकाे लागि ढुक्कसँग काम गर्ने वातावरण बने मात्रै पनि देश समृद्धिकाे दिशातर्फ अघि बढ्ने उपाध्यक्ष ढकालले बताउनु भयाे । 

दार्चुलामा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय महोत्सवलाई आइतबार सम्बोधन गर्दै निजी क्षेत्रलाई सरकारले विकासको साझेदारका रुपमा नलिएसम्म देश विकास नहुने उहाँले बताउनुभयाे । उहाँले भन्नुभयो, ‘देश विकासको तीन खम्बे अर्थनीतिमा निजी क्षेत्र एक दरिलो खम्बा हो । यससँगको सहकार्य र साझेदारीबाट मात्र देश समृद्ध बन्न सक्छ ।’ 

नेपालका तीन वटै तहका सरकारहरुले प्रदेशस्तरमा लगानी भित्र्याउन निजी क्षेत्रसँग साझेदारी गर्नुपर्ने उहाँले बताउनुभयाे । स्थानीय उत्पादनभन्दा पनि बाहिरबाट आयातित वस्तु मेलामा राखेकोप्रति असन्तुष्टि जनाउँदै उहाँले मेलामा स्थानीय तहमा उत्पादित वस्तु राख्न आग्रह गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया