गैरकानुनी रुपमा भण्डै चार करोड सम्पत्ति आर्जन गर्नेविरुद्ध अख्तियारमा मुद्दा

 फागुन ५, २०७६ सोमबार २०:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - डिभिजन सडक कार्यालय विराटनगरका तत्कालीन डिभिजन कार्यालय प्रमुख जितेन्द्रकुमार चौधरीविरुद्ध विशेष अदालत काठमाण्डौमा गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेकाे सम्बन्धमा मुद्दा दायर भएको छ । 

चौधरीले पदीय मर्यादा विपरीत तीन करोड ९९ लाख ४४ हजार चीन सय ४२ रुपैयाँ आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।सडकका विभिन्न आयोजनामा ठेकदारसँग मिलेर चौधरीले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो । 

अनुसन्धानको क्रममा चौधरीले आर्जन गरेको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया