विदेश भ्रमणमा नेपालीको खर्च घट्यो,  नेपाल आउने पर्यटकको खर्च मनग्य बढ्दै !

 फागुन ६, २०७६ मंगलबार १०:३१:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालीले विदेश भ्रमण गर्दा हुने खर्चमा व्यापक कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा विदेश भ्रमणमा जाने नेपालीले ३७ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका छन् ।

याे खर्च गएकाे आर्थिक वर्षको ६ महिनाको तुलनामा २१ दशमलव ७ प्रतिशतले कमी हो । गएकाे आर्थिक वर्षको साउनदेखि पुससम्म नेपालीले विदेश भ्रमणमा ४७ अर्ब ९९ करोड रुपैयाँ खर्चिएका थिए । 

शिक्षातर्फबाट विदेशिने रकममा पनि उल्लेख्य कमी आएको छ । पछिल्लो ६ महिनामा वैदेशिक शिक्षा लिन जाने नेपालीले १७ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेका छन् । गएको आर्थिक वर्षको ६ महिनामा भने २५ अर्ब ५९ करोड रुपैयाँ खर्च भएको थियो । 

यो आर्थिक वर्षको ६ महिनामा विदेशी पर्यटकले नेपालमा गर्ने खर्च भने बढेको छ । ६ महिनामा ४२ अर्ब ७४ करोड रुपैयाँ भ्रमण आय भएको छ । गएको वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा भ्रमण आय ३७ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो वर्ष भ्रमण आय १४ दशमलव २ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया