दरबार नजिकका मानिसहरुले पार्टी र नेतृत्व कमजाेर पार्ने प्रयास गरिरहेका छन् : अध्यक्ष थापा

 फागुन ६, २०७६ मंगलबार १२:३५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

रुपन्देही – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दरबार नजिकका मानिसहरुले आफ्नो पार्टी र नेतृत्वलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।

पार्टीको प्रदेश पाँच कमिटिले बुटवलमा गरेको पत्रकार सम्मेलनमा थापाले आफू र पार्टीविरुद्ध षड्यन्त्र नगर्न चेतावनी दिनुभयो । उहाँले पूर्व राजा र राजसंस्थासँग आफू र आफनो पार्टीको सम्बन्ध राम्रो रहेको पनि बताउनुभयो ।

अध्यक्ष थापाले अहिलेको सरकार संसदमा अङ्क गणितको हिसाबले निकै बलियो भए पनि नागरिकका आधारभूत समस्या समाधान गर्न भने निकै कमजोर साबित भएको दाबी पनि गर्नुभयो । 

उहाँले संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) आयोजना नेपालको हितमा रहेको बताउनुभएको छ । एमसीसी देशको हितमा रहे पनि नागरिकमा भने अनेक आशङ्का पैदा भएकाले सरकारले आधिकारिक धारणा बाहिर ल्याउनुपर्ने उहाँले बताउनुभयो । 

'सम्झौताप्रति भ्रम उत्पन्न भएको छ, सरकारले त्यो भ्रम चिर्ने काम गर्नुपर्छ', उहाँले भन्नुभयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया