मौसम : पूर्वी क्षेत्रमा पानी पर्ने, उपत्यकामा तुवाँलो लाग्ने

 फागुन ६, २०७६ मंगलबार १९:३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । 

केही दिन यतादेखि तुवाँलोको कारण उपत्यकासहित देशका धेरै ठाउँको मौसम खुल्न सकेको छैन । अझै एक दुई दिन मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज पूर्वी क्षेत्रका एक दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । यस्तै बुधबार भने मध्यक्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया