सप्तरीमा भएको दुर्घटनामा दुई जनाको ज्यान गयाे : आधा दर्जन घाइते

 फागुन ६, २०७६ मंगलबार १९:१:४६ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको बोदेबर्साइन नगरपालिका-४, गौरामा रहेकाे भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा दुई‍ भारतीय नागरिकको जना भएको छ भने  ६ जना घाइते भएका छन् ।

इस्तिमा सकाएर घर तर्फ फर्किँदै गर्दा विष्णपुरतर्फ जाँदै गरेको ना.१.क.५५२७ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको स.१.ह.३७९५ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा ज्यान गुमाउनेमा अटोमा रहेका भारत मोतिहारीका २६ वर्षीय मोहम्मद सदाम हुसेन र ४५ वर्षीया कुनिया खातुन रहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै घाइते हुनेहरुकमा सप्तरीको महदेवा गाउँपालिका-१ का ४० वर्षीय मोहम्द सलिउदिन, उहाँकी श्रीमति ३५ वर्षीया मुनिया खातुन, उहाँका छोरा १२ वर्षीय मोहम्मद अकबर, १० वर्षीय मोहम्द दाबेल, ६ वर्षीय मोहम्द आशिक र मोहम्द सलाउदिनका छोरा ९ वर्षीय मोहम्द अनवर रहेका प्रहरीले जनाएको छ । उनीहरुकाे अवस्था गम्भीर रहेकाे छ ।

घाइतेहरुको स्थानीय जीवनदीप अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच ठक्कर दिने टिप्पर र अटोलाई ईलाका प्रहरी कार्यालय बोदेबसाईनले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया