प्रदेश सभामा मन्त्री बस्न छाडेपछि सांसदको आक्रोश

 फागुन ६, २०७६ मंगलबार २०:११:२५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ - प्रदेश १ को प्रदेश सभा बैठमा मन्त्री बस्न छाडेको भन्दै सांसदहरुले आक्रोेश व्यक्त गरेका छन् । 

संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सांसद बिष्णु तुम्बाहाम्फेले सभामा मन्त्री नबसेपछि सभामा उठेका प्रश्नको सही जवाफ नआएको भन्दै गुनासाे गर्नुभएको हो।

‘एकजना राज्यमन्त्रीले मात्रै संसदको आवश्यकता पूरा हुँदैन । सभामा सबै मन्त्रीहरु बस्नुपर्छ । मन्त्री नै नभएपछि प्रश्नको जवाफ कसले फर्काउँछ?’ उहाँले भन्नुभयो।

सांसद लोकप्रसाद संग्रौलाले पनि मन्त्री नहुँदा सदन खाली हुने गरेको गुनासो गर्नुभयो । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले पनि मन्त्री नभएको भन्दै नियमापत्ति जनाउनु भएको थियो ।

‘कुनै खास विषयमा छलफल हुँदा सम्बन्धित मन्त्री बस्नुपर्ने व्यवस्था छ । तर, मन्त्री सभामा नबस्दा महत्वपूर्ण विषयका छलफलले समेत टुङ्गो पाउन मुस्किल हुने गरेको छ’, उहाँले भन्नुभयाे । 

उहाँले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पेश भएको विधेयकको बारेमा छलफल हुँदा मन्त्री र राज्यमन्त्री नभएपछि छलफलको औचित्य नभएकाे बताउनुभयो । 

अन्तिम अपडेट: चैत २०, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया