संखुवासभाबाट विस्फोटक पदार्थसहित पाँच जना विप्लव कार्यकर्ता पक्राउ

 फागुन ६, २०७६ मंगलबार २०:२७:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

संखुवासभा - खाँदबारीको चैनपुर नगरपालिका-१, गुफापोखरीबाट विस्फोटक पदार्थसहित नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका पाँच जना पक्राउ परेका छन् ।

जिल्ला सदस्य चैनपुर–४ दोभानेका अग्नि भनिने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो । प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउन्ड हवाई फायर गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका अन्य चारजनाको नाम भने प्रहरीले खुलाएको छैन ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया