पर्यटन बाेर्डकाे सीईओ छनाेट प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्त...
बैशाख १२, २०८१ बुधबार
चीनमा कोरोना भाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत अध्ययनको निष्कर्ष सार्वजनिक भएको छ ।
चिनियाँ स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ७० हजारभन्दा धेरै सङ्क्रमणका विवरणहरू समेटिएका छन् । चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका र बिरामी तथा बुढाबुढीमा धेरै जोखिम रहेको देखाएको छ ।
अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ । चीनको वुहानमा मंगलबार उपचारका क्रममा एक जना अस्पताल निर्देशकको ज्यान गएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको ५० वर्षको उमेरमा निधन भएको हो । वुचाङ्ग अस्पताल कोरोना भाइरस सङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो ।
यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो । चीनमा कोरना भाइरसका कारण अहिलेसम्म १८ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।
कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ । फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एकरएक जनाको ज्यान गएको छ ।