प्रधानमन्त्री ओलीकाे मुटु 'स्वस्थ र सामान्य'

 फागुन ७, २०७६ बुधबार ७:५०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको एन्जियोग्राफी गरिएको छ । मिर्गौला प्रत्यारोपणको तयारीअन्तर्गत मुटुको अवस्था हेर्न एन्जियोग्राफी गरिएको हो ।

प्रधानमन्त्रीको मुटु स्वस्थ र सामान्य देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । परीक्षणपछि प्रधानमन्त्री मङ्गलबार राति नै निवास फर्कनुभएको छ । प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण भएको र उहाँ स्वस्थ रहनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले हप्ताको एक पटक नियमित डायलायसिस गर्दै आउनुभएको छ । १३ वर्षअघि उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो । दुई महिनाअघि एक्कासी बिरामी भएपछि उहाँको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो ।

प्रधानमन्त्री ओलीकाे दोस्रोपटक मिर्गाैला प्रत्यारोपणको तयारी भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया