उपचारपछि रतुवालाई जंगलमा छाडियो

घाइते रतुवाको दुवै खुट्टा र मुखमा चोट लागेको थियो ।

 फागुन ७, २०७६ बुधबार १७:५३:१९ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान - सल्यान जिल्लाको कपुरकोटमा भेटिएका दुई वटा रतुवालाई जंगलमा छाडिएको छ । 

मंगलबार कपुरकोट वडा नम्बर ३ को मुलाबारी सामुदायिक वनमा स्थानीय जनप्रतिनिधि, प्रहरी, वन कार्यालयका प्रतिनिधि र पत्रकारलगायतको रोहबरमा मंगलबार रतुवालाई जंगलमा छाडिएको हो । 

कपुरकोटको चोरखोलामा घाइते अवस्थामा एउटा रतुवा सोमबार भेटिएको सबडिभिजन वन कार्यालय कपुरकोटले जनाएको छ । 

यस्तै, कपुरकोट-३ कै कालिका माविको कक्षा कोठामा अर्काे रतुवा भेटिएको थियो । प्रहरी चौकी कपुरकोट र वन कार्यालयका कर्मचारीहरुले दुई वटै रतुवाको उद्धार गरेको सहायक वन अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।

घाइते रतुवाको पछाडिको दुवै खुट्टा र मुखमा चोट लागेको थियो । घाइते रतुवाको पशु सेवा शाखा कपुरकोटमा उपचार गरिएको र त्यो रतुवासहित दुवै रतुवालाई जंगलमा छाडिएको वनरक्षक डिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।  

शिकार गर्ने कुनै व्यक्ति वा समूहले रतुवालाई घाइते बनाएको हुन सक्ने वन कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया