ट्रम्पकाे ट्वीटबाट आजित महान्यायाधिवक्ताले राजीनामा देलान् ?

 फागुन ८, २०७६ बिहिबार ८:१९:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिक मानिने महान्यायाधिवक्ता विलियम बरले राजीनामा दिने विचार गरिरहेको बताइएको छ । 

न्याय मन्त्रालयको जाँचलाई लिएर ट्रम्पको ट्वीटबाट हैरान भएका विलियम बरले यसअघि आफ्नो पीडा जनाइसकेका छन् । यद्यपि ट्रम्पलाई आफ्नो उत्तराधिकारी खोज्नु चुनौतीपूर्ण हुनेछ । 

राष्ट्रपति कार्यालयका प्रशासनिक अधिकारीले नाम नबताउने शर्तमा भने, ‘आफ्नो विभागीय मामिलामा ट्वीट नगर्न दिइएको चेतावनीलाई ट्रम्पले नसुनेको जस्तै गरेकाले बर दुःखी छन् ।’ यही विषयमा केही दिनअघि बरले सार्वजनिक रुपमा नै ट्रम्पमाथि टिप्पणी गरेका थिए । 

एक टेलिभिजन अन्तर्वार्तामा महान्यायाधिवक्ता बरले न्याय मन्त्रालय र कर्मचारीहरुको बारेमा ट्रम्पको ट्वीटले आफूलाई काम गर्न असहज भइरहेको बताएका थिए । तर त्यसको भोलिपल्ट ट्रम्पले बर्रको कुरालाई नजरअन्दाज गर्दै आपराधिक क्रियाकलापमा दखल गर्न सक्ने आफूसँग अधिकार भएको र विभागको ऐतिहासिक स्वतन्त्रतालाई नजरअन्दाज गर्न सक्ने बताएका थिए । 

तर विलियम बर आफ्नो राजीनामालाई लिएर कति गम्भीर छन् भन्ने बताइएको छैन । उनी ट्रम्पमाथि ट्वीट रोक्ने दबाब बनाउन चाहेको देखिन्छ । यद्यपि बरका प्रवक्ताले राजीनामाको खण्डन गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया