मन्त्री बाँस्काेटाकाे बर्खास्ती माग गर्दै कांग्रेसद्वारा राष्ट्रिय सभा अवरुद्ध

 फागुन ८, २०७६ बिहिबार १३:४८:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रक्रिया अघि बढाउनुपर्ने माग राख्दै नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । 

बिहीबारको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसले बाँस्कोटालाई बर्खास्त गर्नुपर्ने, घटनाको विषयमा छानबिन गर्न समिति गठन गर्नुपर्ने र प्रधानमन्त्रीले संसदमा यसको जवाफ दिनुपर्ने माग राख्दै बैठक अवरुद्ध गरेको हो ।

नेपाली कांग्रेसको तर्फबाट जितेन्द्र नारायण देवले बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अघि बढाउनुपर्ने माग राख्दै प्रधानमन्त्रीले यो विषयमा संसदमा जानकारी गराउनुपर्छ भन्नुभयो ।

कांग्रेसले बाँस्कोटालाई बर्खास्त गरी छानबिन प्रकृया अघि नबढाउँसम्म सदन चल्न नदिने बताएकाे थियाे । लगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए ।

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस कम्पनीका एजेन्टसँग गरेको अडियाे कुराकानी सार्वजनिक भएको छ । त्याे अडियाेमा मन्त्री बाँस्कोटाले आफूले पाउने कमिसनको विषयमा कुराकानी गरेकाे सुन्न सकिन्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया