प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५ गोलले हरायो
बैशाख १२, २०८१ बुधबार
म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले सिटी माथिको प्रतिबन्धबारे बार्सिलोना र अन्य क्लबहरुले बोल्नुपर्ने जरुरत नभएको बताएका छन् ।
बार्सिलोनाका अध्यक्ष जोसेपले केही समयअघि सिटीमाथिको प्रतिबन्धबारे दुख व्यक्त गरेका थिए । जवाफमा ग्वार्डिओलाले विभिन्न क्लबहरुको आफ्नै समस्या हुने बताउँदै भने, ‘म बार्सिलोनाका अध्यक्षलाई अरुको बारेमा नबोल्न अनुरोध गर्दछु । हामीलाई थाहा छ हामी सही छौँ र हामी प्रतिबन्धबारे अपिल गर्नेछौँ’ ।’
‘बार्सिलोना ठूलो स्वरले नकराउ, बार्सिलोना कराउनु पर्ने कुनै जरुरत छैन । किनकि समस्या सबैको हुन्छ र मलाई विश्वास छ हामी कुनै दिन बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगमा खेल्नेछौँ’, उनले थपे ।
प्रतिबन्धपछि वेस्टह्यामविरुद्ध जितपछिको पत्रकार सम्मेलनमा ग्वार्डिओलालाई धेरै प्रश्न सोधिएको थियो तर उनले जवाफ दिन इन्कार गरेका थिए ।