अब त्रिभुवन विमास्थलमा रोबोटले नेपालका पर्यटन गन्तव्य, भिसा प्रक्रियालगायतका विषयमा जानकारी दिने

 फागुन ८, २०७६ बिहिबार १४:४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोटमार्फत यात्रुलाई सेवा दिन थालिएको छ । 

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार रोबोट सेवाको उद्घाटन गर्नुभएको हो । ‘पर्यटन परी’ नाम दिइएका दुई वटा रोबोटहरुले  विमानस्थलमा यात्रुलाई अभिवादन गर्नेछन् । त्यस्तै रोबोटले सेटिङ गरिए अनुसारका सूचना टचस्क्रीनमार्फत उपलब्ध गराउने छ।

रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ । रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषमा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन् ।  

रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको बताउनुभयो । उहाँले यात्रुहरुलाई विमानस्थालको भिन्नै पहिचान दिने र नेपाल पनि प्रविधिमा फड्को मार्दैछ भन्ने सन्देश दिने बताउनुभयो ।

मन्त्री भट्टराईले रोबोट सेवा प्रभावकारी भएमा निर्माण हुँदै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्थापित गर्ने बताउनुभयो । रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बाेर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो ।

प्रति रोबोट लागत २० लाख रुपैयाँ रहेको छ ।  

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया