रोनाल्डो भन्छन् : एम्बाप्पे फुटबलको भविष्य हुन्

 फागुन ८, २०७६ बिहिबार १६:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आफूलाई आइडल बताउँदै आएका फ्रान्स तथा पीएसजी क्लबका २१ वर्षीय युवा खेलाडी केलियन एम्बाप्पेबारे युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले टिप्पणी गरेका छन् ।

एम्बाप्पे कम उमेरमा नै ख्याति कमाउन सफल फुटबलर हुन् । एम्बाप्पेले आफू रोनाल्डोबाट फुटबलमा प्रेरित भएको र रोनाल्डो आफ्नो आइडल भएको बताउँदै आएका छन् ।

रोनाल्डोले भने एम्बाप्पेबारे बोल्दै उनी फुटबलको भविष्य भएको बता छन् । ‘एम्बाप्पे फुटबलको वर्तमान र भविष्य हुन् । उनी उत्कृष्ट छन् र उनी निकै तेज छन्’एम्बाप्पेबारे बोल्दै रोनाल्डोले भनेका छन् । 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया