भारतमा बस दुर्घटना : ६ नेपाली तीर्थयात्रीको ज्यान गयो

 फागुन ८, २०७६ बिहिबार १५:२१:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्राका लागि भारत गएका ६ नेपालीको ज्यान गएको छ । 

नेपाली तीर्थयात्री चढेको मिनीबस यू-टर्न लिन लाग्दा राजमार्गमा अर्को बससँग ठोक्किएको थियो । दुर्घटनामा १८ जना घाइते भएका भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ । 

ज्यान गुमाउनेमा ५६ वर्षीय गोपाल तामाङ, ६० वर्षीय विष्णु दाहाल, ४६ वर्षीय वीरबहहादुर राई, ५० वर्षीय टीकाराम र ५० वर्षीया बेलुकारी चौधरीको नाम खुलेको छ ।घाइते भएका १८ जनाको स्थानीय अस्पताल मोहन कुमार मंगलम मेडिकल कलेजमा उपचार भैरहेको छ ।

सुनसरी जिल्लाबाट गएकाे माघ २३ गते ३४ जनाकाे नेपाली टाेली भारततर्फ गएकाे थियाे । उनीहरु ३५ दिने यात्राकाे लागि भारत गएकाे सुनसरीका अमरनाथ चाैधरीले बताउनु भएकाे छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया