शेयरबजारमा आज इतिहासकै धेरै कारोबार : एकैदिन २ अर्ब ७८ करोडको किनबेच

 फागुन ८, २०७६ बिहिबार १६:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली शेयरबजारमा आज बिहीबार इतिहासकै धेरै कारोबार भएको छ ।

आज एकैदिन २ अर्ब ७८ करोड ५० लाख रुपैयाँ बराबरका ५८ लाख २९ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्स्चेन्ज लिमिटेडले जनाएको छ । अघिल्लो हप्ता एकै दिन २ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको थियो ।

आज भएको २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको कारोबारले एकै दिन भएको धेरै कारोबारको इतिहास बनाएको छ । उच्च कारोबारसँगै सेयर बजार परिसूचक नेप्से आज झण्डै ३० अंकले बढेको छ ।

नेप्से आज २९ दशमलव ३२ अंकले बढेर १४ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ । आज ट्रेडिङबाहेक सबैजसो समूहको शेयरहरु उकालाे लागेका छन् । आज जीवन बीमा समूहको शेयर ३ सय ८५, निर्जीवन बीमा समूहको शेयर ३ सय ७४, माइक्रोफाइनान्सको १ सय ५९ र उत्पादन समूहको शेयर ९७ अंकले बढेको छ ।

 आज १० वटा कम्पनीको कारोबार मात्रै १ अर्ब भन्दा धेरै नाघेको छ । आज एक दर्जन कम्पनीको शेयर १० प्रतिशत भन्दा धेरैले बढेको छ ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया