सेक्युरिटी प्रेस प्रकरणमा कुनै संलग्नता छैन : स्विस दूतावास

 फागुन ८, २०७६ बिहिबार १८:१४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा रहेको स्विजरल्याण्ड दूतावासले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको लागि भएको घुस प्रकरणमा दूतावासको कुनै संलग्नता नभएको जनाएको छ। 

दूतावासले निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटासँग जोडिएको घुस प्रकरणमा ‘स्विस कम्पनीका प्रतिनिधि’ भनेर गरिएको अडियोबारे जानकारी नभएको जनाएको हो । 

दूतावासले विज्ञप्ति जारी गर्दै मन्त्रालय र एजेन्ट भनिएका विजयप्रकाश मिश्रसँग कुनै कुराकानी र छलफल नभएको पनि स्पष्ट पारेको छ ।

‘सञ्चारमन्त्रीसँग जोडिएको विषयमाथिको छलफलका लागि दूतावासले कुनै बैठकको आग्रह गरेको छैन । न त, भविष्यमा यस विषयमाथि सञ्चारमन्त्रीसँग हुने छलफल नै तोकिएको छ । दूतावासलाई प्रतिनिधि भनेर समाचारमा भनिएका व्यक्तिको लेनदेनबारे दूतावासलाई कुनै जानकारी छैन’, विज्ञप्तिमा भनिएको छ ।

दूतावासले सेक्युरिटी प्रेससम्बन्धी ‘रिपब्लिका’मा प्रकाशित समाचारको खण्डन गर्दै विज्ञप्ति जारी गरेको हो । 

बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्विस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएको थियो ।
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया