आजकाे माैसम : मध्य र पश्चिमी क्षेत्रमा मेघ गर्जनसहित पानी पर्ने

 फागुन ९, २०७६ शुक्रबार ७:३०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शुक्रबार मध्य र पश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मध्य र पश्चिमका पहाडी तथा हिमाली केही ठाउँमा चट्याङ पर्ने संभावना रहेकाले सचेत रहन महाशाखाले अनुराेध गरेकाे छ ।

पूर्वी क्षेत्रमा भने आज बादल लाग्ने महाशाखाले जनाएको छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएकाले पानी पर्ने महाशाखाका मौसमविद् राजु प्रधानान्धले जानकारी दिनुभयो ।

यस्तै, मध्य र पश्चिमका हिमाली भेगमा हिमपात हुने पनि संभावना रहेको उहाँले बताउनु भयो । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया