पशुपति परिसरमा गाडीकाे चाप

सार्वजनिक गाडी प्रयोग गर्न ट्राफिक प्रहरीको अनुरोध

 फागुन ९, २०७६ शुक्रबार ७:५३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको गौशाला, चाबहिल, विमानस्थल, पुरानो बानेश्वर, रातोपुल लगायतका क्षेत्रमा गाडीकाे चाप बढेकाे छ । 

शिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको भीड बढेका कारण गाडी चापमा चलेकाे महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

गाडीको केही चाप रहे पनि अहिले नै बाटो मोडेर पठाउनुपर्ने अर्थात डाइभर्ट गर्नुपर्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो । चाप बढ्दै गए गौशाला क्षेत्रमा चल्ने गाडी डाइभर्ट गर्ने तयारी रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । 

पशुपतिनाथ मन्दिरमा जानेहरुका गाडी राख्न तिलगंगा क्षेत्र, सिफल चौर र गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको पनि एसपी श्रेष्ठले बताउनुभयो ।

यसैबीच ट्राफिक प्रहरीले पशुपतिनाथ दर्शनका लागि जाँदा सकेसम्म सार्वजनिक गाडी प्रयोग गर्न आग्रह गरेकोे छ । 

नीजि गाडी पार्किङमा समस्या हुने र चाप पनि बढ्ने भएकाले दर्शनका लागि जाँदा सकेसम्म सार्वजनिक गाडीमा जान आग्रह गरिएको ट्राफिक प्रहरी प्रवक्ता, श्रेष्ठले बताउनुभयो । 

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया