जन्मदिनमा प्रधानमन्त्रीलाई रातो गुलाबको माला

 फागुन ११, २०७६ आइतबार १०:४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनको अवसरमा बालुवाटारमा विशेष कार्यक्रम भएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री ओलीलाई रातो गुलाबको माला लगाइदिनुभयो ।

यस्तै सचिवालयका सदस्यहरुले जन्मदिनको केक काटेका छन् । त्यस अवसरमा प्रधानमन्त्रीको जीवनी झल्काउने ६ मिनेटको भिडियो पनि प्रदर्शन गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

बालुवाटारको जमघट सकेपछि प्रधानमन्त्री ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई जानुभएको छ । 

अन्तिम अपडेट: बैशाख १, २०८१

1 Comments

  • Prem prasad

    Feb. 23, 2020, 11:26 a.m.

    Many more happy returns of the day PM jiu

  •  0 Reply

तपाईको प्रतिक्रिया